भैरहवा, १४ माघ । संसदका अर्थसमितीका सभापति सांसद प्रकाश ज्वालाले भैरहवामा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट मैदानकोलागी बजेट अभाव हुन नदिने प्रतिबद्धतता जनाएका छन् ।
भैरहवामा आयोजित एक कार्यक्रममा क्रिकेट एशोसियसन रुपन्देहीका अध्यक्ष प्रशान्त विक्रम मल्लले सभापति ज्वालाको ध्यानकर्षण गराउदैं प्रायाप्त बजेटकोलागी पहल गरिदिन आग्रह गरेपछि समितीका सभापति ज्वालाले भने “तपाईहरु ढुक्क हुनुस् । यो रंगसालाकोलागी मैले सरकारका अर्थमन्त्रीलाई अर्थसमितीको बैठकमा बोलाएर आवश्यक बजेट तत्काल व्यवस्थापन गर्न निर्देशन दिनेछु ।”
सभापतिको आश्वासन पश्चात क्रिकेट एशोसियसन केन्द्रिय सदस्य समेत रहेका मल्ल थप उत्साहित भएका छन् ।















प्रतिक्रिया