१९ कार्तिक २०८३, बिहिबार

प्यूठानमा स्काभेटर पल्टिँदा ३ जनाको मृत्यु,६ जना घाइते

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

– सलिम अन्सारी

प्यूठान, १४ माघ । प्यूठानको दाङबाङ–६ हतदीपमा बिहीबार साँझ स्काभेटर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा स्काभेटरका परिचालक स्थानीय १८ वर्षका दीपक गाहा, २३ वर्षका शेषकान्त आचार्य र १३ वर्षका ज्ञानेन्द्र बहादुर गाहा रहेका छन् । दुर्घटनामा उनीहरुको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले बताएको छ ।

सोही दुर्घटनामा घाइते भएका ६ जनाको बुटवलमा उपचार भैरहेको छ । उनीहरुको अबस्था सुधारान्मुख रहेको छ ।

ना १ ख ३३१९ नम्बरको स्काभेटर बिहीबार साँझ ७ बजे ब्रेक फेलभइ अनियन्त्रित हुँदा सडकछेउमा बसिरहेका उनीहरुमाथि पल्टिएको थियो ।

स्थानीयका अनुसार स्काभेटर परिचालकले चलाएको बुझिएको छ । पुरानो बाटो मर्मत संभारका लागि गएको उक्त जेसिभी पल्टिएको हो ।