काठमाडौँ, १३ माघ । राजधानीमै अवैध मदिराको कारोबार भइरहेको पाइएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार महानगरीय प्रहरी बृत बालाजुबाट खटिएको प्रहरी टोलीले बुधबार काठमाडौँ महानगरपालिका–१६ बालाजु, गंगाहल र माछापोखरीको विभिन्न स्थानबाट अवैध घरेलु मदिरा २ सय ४० लिटर बरामद गरी स्थानीय बासिन्दाको रोहवरमा नष्ट गरेको छ ।
यससम्बन्धनमा आवश्यक अनुसन्धान भइरहेको छ ।












प्रतिक्रिया