दाङ, १३ माघ । नेपाली काँग्रेसका नेता खुमबहादुर खड्का पक्षधर कार्यकर्ताले आफ्नै पार्टी सभापति शेरबहाुदर देउवालाई कालो झण्डा देखाएका छन् ।
माघी महोत्सवलाई सम्बोधन गर्न दाङ पगेका सभापति देउवालाई नेपाल विद्यार्थी संघका कार्यकताहरुले कालोझण्डा देखाएका हुन् ।
नेविसंघका जिल्ला सदस्य अरुण लहरेले हेकुलीको चखौरामा हिजोदेखि सुरु भएको माघी महोत्सवलाई सम्बोधन गर्ने क्रममा कालो झन्डा देखाइएको जानकारी दिए ।
कार्यक्रमस्थल पुगेका दुई दर्जन युवाहरुको समूहले कालो झण्डा देखाउँदै देउवा विरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले ‘खुमबहादुर जिन्दावाद, धोखेबाज देउवा मुर्दाबाद’ भन्दै नारा लगाएका थिए ।
देउवाले खुमबहादुर खड्कालाई बचन दिएअनुसार उपसभापतिमा मनोनयन नगरेकोले कालो झन्डा देखाएको उनीहरुले बताएका छन् ।
यता प्रहरीले भने कार्यस्थलमा होहल्ला गरेपछि खुमबहादुरका समर्थकलाई बाहिर निकालेको थियो र देउवा पनि भाषण छोट्टयाएर हिडेका थिए ।















प्रतिक्रिया