
विजय थापा, वाशिंगटनडिसी । अमेरिकास्थित नेपाली वुमन ग्लोबल नेटवर्कको न्युइङ्गल्याण्ड शाखाको प्रथम साधारणसभा भव्यताको साथ सम्पन्न भएको छ । नेपाली मूलका महिला सामाजिक कार्यकर्ता, महिला अधिकारकर्मी तथा महिला समाजसेवीबाट स्थापित यो एक सामाजिक संस्था हो ।
अमेरिका आएका आप्रवासी महिलाको हकहितका लागि गठन भएको संस्थाको साधारणसभाले आगामी रणनीतिका बारेमा छलफल गरेको छ । सो अवसरमा महिला दिवस, नेपाली चाडपर्व, तीज, स्वास्थ्य शिबिर लगायतका कार्यक्रमहरु गर्ने बारेमा पनि छलफल गरिएको छ ।
कार्यक्रममा बोल्दै एनडब्लुजीएनकी केन्द्रीय सभापति रुकमणी कार्कीले संस्था तथा कार्यक्रमको उद्देश्यबारे प्रकाश पारिन् । सो अवसरमा बोलदै उनले महिलाको क्षमता विकास गर्ने लगायतका कार्यक्रमहरु सञ्चालन गरिने जानकारी समेत दिइन् ।
रुकमणी बस्नेत तथा रीता रानाले सहजिकरण गरेको कार्यक्रममा सुधा भण्डारी, अनुपमा राना, सुनिता कार्की केसी, निलम श्रेष्ठले आफ्ना कामको अनुभव सुनाएका थिए । मीना पुडासैनीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमकोमा जमुना श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिइन् भने सञ्चालन अन्जना उपाध्यायले गरेकी थिइन् ।















प्रतिक्रिया