१९ कार्तिक २०८३, बिहिबार

लायन्स क्लबको निर्वाचनमा इन्दु लम्सालको उम्मेदवारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ माघ । लायन्स क्लबस इन्टरनेशनल, डिष्ट्रिक्ट ३२५ वी १ को आगामी चैत्र ५ गते काठमाडौंमा हुने ५ औं राष्ट्रिय महाधिवेसनमा हुने निर्वाचनमा द्धितिय भाइस डिष्ट्रिक्ट गभर्नरको पदका लागि लायन्स क्लब अफ काठमाडौ भृकुटीको संस्थापक अध्यक्ष इन्दु लम्सालले उम्मेदवारी दिनु भएको छ ।

डिष्ट्रिक्ट ३२५ वी १ को काठमाण्डौ क्षेत्रका ११० वटा भन्दा बढी क्लबका अध्यक्षहरु, ९० प्रतिशतभन्दा बढी क्याविनेट पदाधिकारीहरु, पोखरा, धौलागीरी, धादिङ्ग र नुवाकोटका सिनियर पदाधिकारीहरु, डिष्ट्रिक्ट गभर्नर वालकृष्ण बुर्लाकोटी, PMCC द्धय राजन लम्साल र गिरीधारी शर्मा IPDG ध्रुव थापा, ज्ञकत 1st VDG धनराज आचार्य, 2nd VDG अशोक श्रेष्ठ लगायत करिव ४०० जना बढी लायन्सहरुको उपस्थितिमा गत माघ ७ गते शुक्रबारका दिन लायन इन्दु लम्सालले आफ्ने उम्मेदवारी एक भव्य समारोहको आयोजना गरेर घोषणा गर्नुभयो ।

कार्यक्रममा क्लब अध्यक्षहरुको तर्फबाट रेन्बो सिरीका अध्यक्ष इन्द्र कुमार श्रेष्ठ, जोन चियरपर्सनहरुका तर्फबाट सुर्य केसी, रिजन चियरपर्सनहरुका तर्फबाट पार्वती खरेल, डिष्ट्रिक्ट एडभाइजरहरुको तर्फबाट सुचित्रा थापा, चिफ पि. आर. ओ. चन्द्र कुमार केसी, चिफ सेन्टेनियल प्रोग्राम रामशरण रिमाल, चिफ ए. ओ. जी. विश्वेश्वर आचार्य, 2nd VDG अशोक श्रेष्ठ, 1st VDG धनराज आचार्य, IPDG ध्रुब थापा, PMCC गिरधारी शर्मा, PMCC राजन लम्साल र डिष्ट्रिक्ट गभर्नर वालकृष्ण बुर्लाकोटी ज्यूहरुले लायन इन्दु लम्सालको जित सुनिश्चित रहेको भन्दै शुभकामना ब्यक्त गनुृभएको थियो । प्राय सबै सिनियर पदाधिकारीहरुले इन्दु लम्साल सहमतीको साझा उम्मेदवार रहेको, विगतको वर्षमा नै इन्दु लम्सालका बारेमा प्रायस् सहमती भै सकेको, डिष्ट्रिक्टको एकता बिगार्न चाहनेहरुले अन्यथा कुरा गरिरहेको बताउनु भयो ।

१६ वर्ष भन्दा बढी लायनवादमा समर्पित लायन इन्दु लम्साल डिष्ट्रिक्ट ३२५ वी १ मा आवद्ध काठमाण्डौ क्षेत्रका महिला क्लवहरु मध्ये सबभन्दा पुरानो लायन्स क्लव “लायन्स क्लव अफ काठमाण्डौ भृकुटी” को संस्थापक अध्यक्ष हुनुहुन्छ । १० वर्ष भन्दा बढी डिष्ट्रिक्टको महत्वपूर्ण पदमा रही सेवा, सक्रियता र योगदानका हिसाबले एउटा छुट्टै पहिचान र अस्तित्व बनाउनु भएकी लायन लम्साल विभिन्न तालिम तथा सेमीनारमा सहभागी भै लायनवादको मुल्य र मान्यतामा अद्यावधिक बनाइराख्ने लायन लम्साल लायनवादमा एक कुशल प्रशिक्षकका रुपमा पनि सु—परिचत हुनुहुन्छ ।