१३ कार्तिक २०८३, शुक्रबार

खेलौनामा ज्यान लिने रसायनको मिश्रण, सरकारले तोक्यो मापदण्ड

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ माघ । बालबालिकाले खेल्ने विभिन्न प्रकारका खेलौनामा मिश्रण गरिने रसायन सम्बन्धमा सरकारले मापदण्ड तोकेको छ ।

जनसंख्या तथा वातावरण मन्त्रालयले सोमबार खेलौनासम्बन्धी मापदण्ड तोकेर राजपत्रमा प्रकाशित गरेको छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

मापदण्ड नपुगेका खेलौनाको निर्माण, आयात, भण्डारण, विक्रीवितरण र प्रयोगमा समेत सरकारले प्रतिवन्ध लगाएको छ ।

यसअघि खेलौनासम्बन्धी मापदण्ड नहुँदा आयातकर्ता र निर्यातकर्ताले बालबालिकाको स्वास्थ्यसँग खेलवाड गर्दै आफूखुशी घातक रसायन प्रयोग गरी खेलौना तयार पार्दै आएका थिए ।

यस्ता घातक रसायन प्रयोग गरी खेलौना प्रयोग गरी बालबालिकामा तत्कालिनदेखि दीर्घकालिन अवस्थाका घातक रोग लाग्ने सम्भावना हुन्छ ।

वातावरण मन्त्रालयले बालबालिकाले प्रयोग गर्ने खेलौनामा गह्रौं धातुलगायत अन्य १२ प्रकारका रासायनिक मात्रा सम्बन्धी मापदण्ड निर्धारण गरेको हो ।