काठमाडौं, १० माघ । स्थानीय तह कर्मचारी संघ नेपालमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट प्यानल निर्वाचित भएको छ । र, कांग्रेस–माओवादी गठबन्धनको ‘पत्तासाप’ भएको छ ।
सोमबार सम्पन्न चौथो राष्ट्रिय अधिवेशनले हरिकुमार श्रेष्ठको नेतृत्वमा ६१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको हो । श्रेष्ठले अध्यक्षका प्रत्यासी शारदा थपलियालाई २ सय मतले पराजित गरेका हुन् । श्रेष्ठले २ सय ५० मत प्राप्त गर्दा थपलियाले ५० मत मात्र प्राप्त गरे ।
महासचिव सुनिल पाण्डेका अनुसार वरिष्ठ उपाध्यक्ष, महासचिव, सचिवसँगै केही केन्द्रीय सदस्यहरु पनि निर्विरोध निर्वाचित भएका छन् । पदाधिकारीमा अधिकांश एमाले निकटका कर्मचारीले विजयी हात पारेका छन् ।
केही प्रदेश उपाध्यक्षहरु मात्र एमाले प्यानल बाहिरका निर्वाचित भएको महासचिव पाण्डेले बताए । ‘केन्द्रीय समितिमा हाम्रो बाहुल्यता छ,’ उनले भने । उनका अनुसार केन्द्रको मातहतमा रहने गरी प्रादेशिक तदर्थ कमिटी पनि निर्वाचनबाटै टुंगो लागेको छ ।
हेर्नुस् नामावली को को भए निर्वाचितः





















प्रतिक्रिया