१९ कार्तिक २०८३, बिहिबार

रुकुमको बुराल मष्ट मन्दिरमा सप्ताहव्यापी धार्मिक महोत्सव हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अमरराज पुन

रुकुम, १० माघ । रुकुममा यहि माघ १९ देखी २५ गते सम्म वाँफिकोट गाविसको बाँफिकाँडा रुुकमस्थित बुरालमष्ट मन्दिर परिसरमा सप्ताहव्यापी संस्कृति प्रवर्धन मेला तथा धार्मिक सप्ताह हुने भएको छ ।

बुढुमष्ट क्षेत्र विकास कोषद्धारा आयोजना गरिने उक्त मेला तथा धार्मिक सप्ताहको हालसम्म ७० प्रतिशत कार्य सम्पन्न भईसकेकोे धार्मिक सप्ताह मूल आयोजक समितिले बताएको छ । मुसिकोट रुकुममा आज गरिएको एक पत्रकार भेटघाट कायक्रम मार्फत उक्त संस्कृति प्रवर्धन मेला तथा धार्मिक सप्ताहको जानकारी गराईएको हो । आयोजकले बताए अनुसार १ लाख ८ हजार भन्दा बढी बत्तिहरु बनाउने काम, १६ सय ७७ मिटर तोरण डोरी निर्माण, फिल्ड निर्माण, प्रचार प्रसार र केही आर्थिक संकलनकोे काम सम्पन्न भईसकेको छ ।

सप्ताहव्यापी मेला तथा धार्मिक महोत्सबलाई सफल पार्नका लागि मेला मूल आयोजक समितिले मंगलबार देखी नै जिल्लाका प्रमुख व्यापारिक इलाकाहरु खलंगा, रुकुमकोट, आठविसकोट, चौरजहारी, र पोखरा लगायतका क्षेत्रहरुमा प्रचार प्रसार र आर्थिक संकलनका लागि निस्कले जानकारी गराएको छ । करिब १० लाख देखी १५ लाख सम्मको आर्थिक रकममा सम्पन्न गरिने लक्ष्य लिईएको उक्त सप्ताहमा एक लाख भन्दा बढि झक्तजन र दर्शकको सहभागिता हुने अनुमान गरिएको छ ।

त्यस्तै सप्ताहव्यापी संस्कृति प्रवर्धन मेला तथा धार्मिक सप्ताहमा स्थानीय कलाकार, पञ्चेवाजा, झाँकी र १ सय ८ कन्याहरुलाई तयारी अवस्थामा समेत राखिएको धार्मिक सप्ताह मूल आयोजक समितिले जानकारी दिएको छ । मेला अवधिभर दैनिक रुपमा रुकुम लगायत अन्य चर्चित स्थानका धार्मिक, साँस्कृतिक एवम् प्राकृतिक महत्वका स्थानहरुको भिडियो डकुमेन्ट्री तथा फोटो प्रदर्शनी गरिने भएको छ ।