१९ कार्तिक २०८३, बिहिबार

कर्मचारीनै विद्युत चुहावटमा संलग्न हुनु लज्जास्पद’

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काडमाडौं, १० माघ । नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनले लोडसेडिङ घटाउने अभियानमा रहेको प्राधिकरणमै काम गर्ने कर्मचारीनै विद्युत चोरी गरी लोडसेडिङ बढाउने कार्यमा लाग्नु दखद् र लज्जास्पद भएको जनाएको छ ।

युनियनले सोमबार विज्ञप्ति निकालेर यस्तो कार्यमा संलग्न कर्मचारीलाई नियन्त्रणमा लिएर प्रहरीले स्वागतयोग्य काम गरेको जनाएको छ । देशका अन्य ठाउँमा पनि यस्ता क्रियाकलाप हुन सक्ने भन्दै तिनको पनि खोजी गर्न विज्ञप्ति मार्फत अनुरोध गरेको छ ।

युनियनका अध्यक्ष रामेश्वर पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्राधिकरणको हित विपरितका कार्यलाई जरैदेखि उखेल्न जोडदार माग गर्दछ भनिएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले आइतबार हेटौडा र काठमाडौंका विभिन्न प्राधिकरणका शाखाहरुमा नौं जना कर्मचारी सहित १६ जनालाई विद्युत चुहावटमा संलग्न भएको आरोपमा पक्राउ गरेको थियो ।