१९ कार्तिक २०८३, बिहिबार

प्याराग्लाईडिङ खस्दा पोखरामा ब्रिटिस नागरिकको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की, १० माघ । प्याराग्लाईडिङ खस्दा पोखरामा एक ब्रिटिस नागरिकको ज्यान गएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पोखरा उपमहानगरपालिका–२६ स्थित गोदारीमा आइतबार सराङकोटबाट उडेको प्याराग्लाईडिङ खस्दा बिट्रिस नागरिक ६८ वर्षीय मिचेल पेटर प्लामचाप्डको टाउँकोमा चोट लागि गम्भीर घाइते भएकोले मेट्रो सिटी अस्पताल पोखरा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।