१९ कार्तिक २०८३, बिहिबार

माइतीघरमा बसेकी भाउजु लिन जाँदा ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

सुनसरी, १० माघ । मधेली–९ बस्ने २१ वर्षीय दिलकुमार चौधरीको छुरा प्रहारबाट मृत्यु भएको छ ।

ईटहरी उपमहानगरपालिका–१५ स्थित माइतीघरमा बसेकी भाउजू अन्जु चौधरीलाई लिन आएको अवस्थामा उनलाई पुरानो रिसईबीको कारण सोही ठाउँ बस्ने १९ बर्षीय जयनारायण चौधरीले कोखामा छुरा प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागी नोबेल अस्पताल बिराटनगर पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

छुरा प्रहार गर्ने फरार जयनारायण चौधरीको प्रहरीले खोजतलास गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।