महेन्द्रनगर, १० माघ । कञ्चनपुरको वाणी हस्पिटल प्रालिले पहरीयामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
आइतबार कृष्णपुर–२ वाणीस्थित हस्पिटलका डा.ललित सुरीको नेतृत्वमा राष्ट्रिय माध्यमिक विद्यालय पहरीयामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
शिविरमा तीन सयभन्दा बढी स्थानीयवासीले निःशुल्क स्वास्थ्य जाँच गराएका थिए । कृष्णपुर नगरपालिकाको अति दुर्गम क्षेत्रको रुपमा रहेको पहरीया क्षेत्रका महिलाहरुमा पाठेघर सम्बन्धी समस्या, बाल बालिकाहरुमा रुघाखोकी र एलर्जीको समेत समस्या रहेको पाइएको डाक्टर सुरीले बताए ।
स्वास्थ्य शिविरमा चेकजाँच गराउका समान्य विरामीहरुलाई निःशुल्क औषधी वितरण गर्नुका साथै रगत परीक्षणको समेत व्यवस्था मिलाएको हस्पिटलका प्रवन्ध निर्देशक बलराम पन्तले बताए । अबका दिनमा पहिलाको जस्तै उपचारका लागि धेरै खर्च गरेर टाढा जानुपर्ने अवस्था नआउने उनको विश्वास छ ।













प्रतिक्रिया