काठमाडौं, ९ पुस । नेकपा (माओवादी) केन्द्रका आयोजक समिति सदस्य राजकुमार कक्षपति नेकपा एमालेमा प्रवेश गरेका छन् ।
आइतबार एमाले पार्टी कार्यालयमा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा आयोजित सुखानी शहादत फिल्म प्रदर्शनी तथा पार्टी प्रवेश कार्यक्रममा नेता कक्षपतिसहित कांग्रेस, माओवादी, जनमोर्चा लगायत पार्टीबाट दर्जनौं व्यक्ति प्रवेश गरेको सचिव प्रदीप ज्ञवालीले बताए ।
नवप्रवेशीहरुलाई अध्यक्ष ओलीले टिका लगाएर पार्टीमा भित्र्याएका थिए । उनीहरुलाई उचित जिम्मेवारी दिइने एमालेले जनाएको छ ।















प्रतिक्रिया