३१ आश्विन २०८३, शनिबार

प्रधान सेनापति दोश्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सुरु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ माघ ।
नेपाली सेनाको आयोजनामा ‘प्रधान सेनापति दोश्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७३’ आजदेखि सुरु भएको छ । प्रधान सेनापति महारथी राजेन्द्र क्षत्रीले एक विशेष समारोहकाबीच प्रतियोगिताको उद्घाटन गर्नुभयो ।

नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको कभर्डहल, लगनखेलमा सुरु भएको प्रतियोगितामा सुरक्षा निकायका तीनवटै विभागीय टीम र पाँच विकास क्षेत्रका गरि जम्मा आठवटा टीमको सहभागिता छ ।

प्रतियोगिता अन्तर्गत आज भएका खेलमा नेपाल प्रहरी, त्रिभुवन आर्मी क्वल, पश्चिमाञ्चल र पूर्वाञ्चलको टीमले विजय हासिल गरेका छन् । प्रतियोगिताको पहिलो खेलमा नेपाल प्रहरीले मध्यमाञ्चललाई सोझो सेटमा हरायो भने दोस्रो खेलमा सुदूर पश्चिमाञ्चललाई पश्चिमाञ्चलले पराजित गरेको छ ।

त्यसैगरी, त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बललाई सोझो सेटमा पराजित गरेको छ भने मध्य पूर्वाञ्चलले पश्चिमाञ्चललाई पनि सोझो सेटमा हरायो ।

खेलकुद जगतको विकास तथा खेलाडीहरुको हौसला वृद्धि गर्न नेपाली सेनाले नेपाल इन्भेष्टमेण्ट बैंकको सहकार्यमा प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने विजेता टिमलाई क्रमशः रु.३ लाख, रु.१ लाख ५० हजार र रु.७५ हजार नगद पुरस्कार दिइने छ ।

त्यस्तै, उत्कृष्ट स्पाईकर, ब्लकर, डिफेण्डर, लिफ्टर र कोचलाई समेत १०÷१० हजार नगद पुरस्कारको व्यवस्था गरेको छ । प्रतियोगिताभरिकै उत्कृष्ट खेलाडीलाई पनि गोल्छा अर्गनाइजेसन हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.को प्रायोजनमा पुरस्कार स्वरुप १५० सि.सि. को पल्सर मोटरसाईकल प्रदान गरिने छ ।