१९ कार्तिक २०८३, बिहिबार

गोरु तस्करीमा सङ्गठित गिरोह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगन्ज, ९ माघ । भन्सार छलेर भारतबाट अवैध रुपमा नेपालगन्ज भित्र्याइएका गोरु नेपाल प्रहरीले आज बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार नेपालगन्ज हुँदै सर्लाही लैजान ट्रकमा राखिएका ४० गोरुलाई राझाचोकबाट बरामद गरिएको हो ।

अनुसन्धानका क्रममा सो गोरु हेटौंडा— ८ मकवानपुर निवासी लुम्बिनी सप्लायर्सका आशाराम श्रेष्ठको रहेको खुलेको छ । प्रहरीका अनुसार भारतबाट गोरु ल्याएर बङ्गलादेश पठाउन अहिले सङ्गठित गिरोह नै तयार भएको छ । रासस