कृष्णनगर, ९ माघ । कपिलवस्तुको कृष्णनगर नगरपालिकाभित्र बसोबास गर्ने ३५ घरपरिवार अति गरीब, विपन्न दलितलाई न्यानो कम्बल वितरण गरेको छ ।
नगरभित्रका ११ ओटा वडामा बसोबास गर्ने दलित समुदायमध्ये अति दयनीय अवस्था भएका दलित परिवार पहिचान गरी नगरपालिकाले न्यानो कम्बल वितरण गरेको हो ।
नगरभित्रका कुनै वडामा दलितको बाहुल्यता रहेपनि साँझविहानको छाक टार्न समेत धौधौ अवस्था भएका परिवारलाई थोरै भएपनि राहत पु-याउन न्यानो कम्बल वितरण गरिएको कार्यकारी अधिकृत हरिप्रसाद पौडेलले जानकारी दिनुभयो । नेशनल ट्रेडिङका केन्द्रिय सदस्य किफायतुल्लाह खानको अध्यक्षतामा कम्बल वितरण गरिएको थियो ।
कार्यक्रममा नगरपालिकाका सूचनाअधिकारी सकिर अहमद शाह, किरण श्रीवास्तव, राजनीतिक दलका जनप्रतिनिधि शाहिद खान, सगीर अहमद, तुफैल खाँ तथा पश्चिमाञ्चल बस व्यवसायी समितिका संयोजक मंगल अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।













प्रतिक्रिया