१९ कार्तिक २०८३, बिहिबार

एमालेको जनवर्गीय सङ्गठनको भेला पोखरामा, ओलीले उदघाटन गर्ने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ९ माघ । नेकपा (एमाले) आबद्ध जनवर्गीय सङ्गठनहरुको रास्ट्रिय भेला एवम् प्रशिक्षण कार्यक्रम आइतबारदेखि पोखरामा हुने भएको छ ।

तीनदिने सो भेलाको नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले आइतबार एक कार्यक्रमका बीच उद्घाटन गर्ने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

उक्त कार्यक्रममा वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, सचिवहरु पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट, योगेश भट्टराई र केन्द्रीय सदस्य रवीन्द्र अधिकारीले प्रशिक्षण दिने कार्यक्रम संयोजक एवम् विकास समितिका सभापति रवीन्द्र अधिकारीले जानकारी दिनुभयो ।

भेलामा प्रेस चौतारी, अनेरास्ववियु, अनेमसङ्घ, किसान महासङ्घ, जिफन्टलगायतका विभिन्न २२ वटा एमाले आबद्ध घटक सङ्ठनका करिब ३५० जना पदाधिकारीको सहभागिता रहने छ ।

एमालेसँग आबद्ध जनवर्गीय सङ्गठनको उक्त भेला पहिलोपटक पोखरामा आयोजना गरिन लागेको युवा सङ्घ नेपालका अध्यक्ष राजीव पहारीले जानकारी दिनुभयो ।

भेलाले संविधान कार्यान्वयन र समसामयिक राजनीतिका बारेमा महत्वपूर्ण दिशानिर्देश गर्ने बताइएको छ । रासस