१९ कार्तिक २०८३, बिहिबार

हचुवाको भरमा चुनावको मिति घोषणा हुँदैनः मन्त्री खड्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ८ माघ । प्रतिपक्ष दललगायतले चुनावको मिति घोषणा माग गरिरहेका बेला नेपाली काँग्रेसका नेता तथा खानेपानी तथा सरसफाई राज्यमन्त्री दिपक खड्काले सरकारले हचुवाको भरमा चुनावको मिति घोषणा नगर्ने बताएका छन् ।

उनले सबै दलहरुलाई एक ठाउँमा ल्याएर सहमतिमै चुनावको मिति घोषणा गरिने प्रष्ट पारे । ‘सहमति विना कुनै चुनाव हुन्न भन्ने हामीलाई विश्वास छ’ उनले भने–‘दलहरुवीच सहमति भए मात्रै बाँकी रहेको समयमा सबै तहको निर्वाचन गर्न सम्भव छ ।’

संशोधन प्रस्तावमाथि छलफल गरेर चाँडै निर्वाचन गर्न सरकार आँतुर रहेको उनले बताए । मन्त्री खड्काले सहमतिविना गरिने निर्वाचन पूर्वराजा ज्ञानेन्द्र शाहले गरेजस्तै हुने समेत टिप्पणी गरे ।

फरक प्रसँगमा उनले मेलम्ची खानेपानी आयोजनाको अधिकांश काम सम्पन्न भैसकेको जनाउँदै आगामी असोजभित्रै काठमाडौंवासीले मेलम्चीको पानी पिउन पाउने दाबी गरे । उनले अबको ५ वर्षभित्रमा एक घर एक धारा व्यवस्था गर्नेगरि अहिलेदेखि नै काम भैरहेको समेत जानकारी दिए ।