१९ कार्तिक २०८३, बिहिबार

राष्ट्रिय अखण्डतामा असर पुर्याउने समाचार सम्प्रेषण नगर्न आग्रह

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ माघ । प्रेस काउन्सिल नेपालले मुलुकको राष्ट्रिय अखण्डता, राष्ट्रिय एकता र समाजिक सद्भावलाई असर पु¥याउने खालका समाचार सम्प्रेषण नगर्न/नगराउन सञ्चारमाध्यमलाई सचेत गराएको छ ।

काउन्सिलका अध्यक्ष वोर्णबहादुर कार्कीले आज एक विज्ञप्ति जारी गरी मुलुकको राष्ट्रिय अखण्डता, राष्ट्रिय एकता र समाजिक सद्भावलाई कायम राख्ने मुख्य भूमिका पत्रकारिकता क्षेत्रको रहेको उल्लेख गर्दै त्यसको विपरीत समाचार सम्प्रेषण नगर्न सचेत गराउनु भएको हो ।

विज्ञप्तिमा उहाँले केही समययता मुलुकको राष्ट्रिय अखण्डता, राष्ट्रिय एकता र सामाजिक सद्भावविरुद्ध केही व्यक्तिको दिएको अभिव्यक्ति र क्रियाकलापलाई सञ्चारमाध्यमले प्रोत्साहित तरिकाले समाचार सम्प्रेषण गरेकाप्रति ध्यानाकर्षण गराउनुभएको छ ।