मोरङ, ६ माघ । मोरङ जिल्लाको विराटनगर उपमहानगरपालिका स्थित रघुपति जुट मिलमा ला गेको आगो नियन्त्रणमा आएको छ । आज भएको आगलागीलाई सशस्त्र प्रहरी, नेपाल प्र्रहरी तथा स्थानीय वासिन्दा र दमकलको सहयोगमा नियन्त्रणमा आएको हो ।
विद्युतीय तार सर्ट भई मिलमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी भएछि सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय मोरङ र सशस्त्र प्रहरी बल सुरक्षा वेश बुद्धनगरबाट एपीएफ टोली आगलागी नियन्त्रणमा खटिएको थियो । आगलागाीबाट करीव ६ लाख रुपैयाँ बरारबको धनमाल क्षती भएको अनुमान गरिएको छ ।













प्रतिक्रिया