धनकुटा, ६ माघ । धनकुटा नगरपालिका १५ स्थित सिरसिरे भीरमा अड्किएका करीब ४० वर्षीय कुमार सुवेदीलाई सशस्त्र प्रहरीको टोलीले सकुशल उद्दार गरेको छ ।
हिजो (बुधबार) विहान करीव साँढे आठ बजे भीरमा अड्किएका सुबेदीलाई सशस्त्रको मुलघाट बेशक्याम्प, छिन्ताङ्ग गुल्म र बराह बाहिनी पकलीको टोलीले उद्दार गरेको हो ।
सुवेदीलाई भीरमा अड्किएको देखेपछि स्थानीयबासीले सशस्त्र प्रहरी बललाई जानकारी ीदएका थिए । कुरुलेतेनुपा स्थायी घर भई हाल मोरङ टाँडीमा सन्तचोक बस्दै आएका सुबेदी भीरमा करीव एक सय मिटर तल र तमोर नदी भन्दा करीव ५० मिटर माथी अड्किएको अवस्थामा फेला परेका थिए ।












प्रतिक्रिया