
काठमाडौं, ६ माघ । केन्द्रीय अनुसन्धान व्यरोको टोलीले अदालतबाट दोषी ठहर भएका दुई जनालाई विभिन्न ठाउँबाट पक्राउ गरेको छ । प्रहरीले झापा तोपगाल्छाका दुरेन राई र धादिङ मुलपानीका ४८ वर्षीय राजेन्द्रकुमार बानियालाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुरेन राई सहितका व्यक्तिहरुले १३ वर्षअघि २०६० सालमा ललितपुरस्थित फाष्ट इन्टरनेशनल प्रालिको कार्यालयभित्र प्रवेश गरी दुर्गाबहादुर लिम्बुलाई पेस्तोल देखाई मारीदिने धम्की दिएर मोबाईल सेट र नगद १० लाख ६६ हजार रुपैयाँ लुटेर लगेका थिए ।
उनले सोही आरोपमा ललितपुर जिल्ला अदालतले २०७० फाल्गुन १ गतेको फैसलाले ६ बर्ष कैद र १६ लाख १७ हजार जरीवानाको सजाय हुने सुनाएको थियो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत झापा पठाइएको छ ।
त्यसतै, पक्राउ परेका अर्का प्रतिबादी बानियालाई बहुविवाह मुद्दामा धादिङ्ग जिल्ला अदालतको मिति २०७० माघको फैसलाले तीन बर्ष कैद र रु. २५ हजार जरीवाना हुने ठहर गरेको थियो । उनलाई गोङ्गबु, काठमाडौंबाट पक्राउ गरी कैद भुक्तानको लागि केन्द्रीय कारागार सुन्धारामा पठाइएको छ ।












प्रतिक्रिया