३१ आश्विन २०८३, शनिबार

पुष्टि हुँदैछ मधेसबारे भीम रावलको ‘खतरनाक’ रिपोर्ट

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अंकुश कुँवर

काठमाडौं, ५ माघ । करिब एक हप्ताअघि नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री भीम रावलले देश टुक्राउन विशेष तयारी भइरहेको भन्ने सूचना सहितको रिपोर्ट राष्ट्रपति कार्यालयमा सार्वजनिक गरे ।

राष्ट्रपतिले बोलाएको प्रमुख पाँच दलका शीर्ष नेताको बैठकमा रावलले मधेस अलग गर्ने भयानक रिपोर्ट सार्वजनिक गर्दै सबैलाई जानकारी समेत गराए । जुन रिपोर्ट सुन्दा नेताहरु गम्भीर तथा स्तब्ध बनेका थिए । नेता रावलले नेपालमा वैशाखदेखि हिंसात्मक संघर्ष सुरु गर्न अन्यत्र (भारत) सैन्य तालिम दिने काम भइरहेको विवरण सहितको विवरण प्रस्तुत गरेका थिए ।

पूर्व गृह तथा रक्षामन्त्री भइसकेका रावलले यस कुराको खुलासा गरेको एक हप्ता नवित्दै ‘स्वतन्त्र मधेस’ गठबन्धनका संयोजक डा. सीके राउतका पछाडि तराईमा जनलहर उर्लिएको छ ।

मधेश आन्दोलनको सुरुआत भएको १० वर्ष पुगेको अवसरमा डा. राउतले आज (बुधबार) सिरहाको लहानमा बृहत कार्यक्रम गरे । जुन कार्यक्रममा हजारौं मानिसले सहभागिता जनाए । उनलाई पक्राउ गर्न खटाइएका प्रहरीलाई समेत झुक्याएर राउत लहान पुगेर मधेश आन्दोलनको पहिलो शहिद रमेश महतो लगायतलाई माल्यार्पण गर्न भ्याए ।

हजारौं समर्थकका साथ लहान पुगेका राउतलाई प्रहरीले समेत पक्राउ गर्न सकेन । वृहत कार्यक्रमलाई सम्बोधन गर्दा समेत प्रहरी उनलाई पक्राउ गर्न नसकेर मुकदर्शक जस्तै बन्यो । राउतका हजारौं समर्थकहरुका अगाडि प्रहरीको केही सीप चल्न सकेन ।

राउतले बृहत सभामा सम्बोधन गर्दै मधेश देशका लागि जनमत गर्नुको विकल्प नरहेको उद्घोष गरे । उनले मधेशी जनताले स्वतन्त्र मधेश चाहेको समेत बताए । सो क्रममा उनले मधेशबाट प्रतिनिधित्व गर्ने नेताहरुले मधेशी जनताको मागलाई ध्यान नदिएको आरोप लगाए । उनी लहानमा पुग्ने वित्तिकै मधेशबाट प्रतिनिधित्व गर्ने दलका नेताहरु त्यहाँ देखिएनन् ।

विखडनकारी अभिव्यक्ति दिने डा. राउतका पछाडि जनलहर देखिनुले उनले अब मधेशलाई अलग गर्ने खेल खेलिसकेको भन्ने देखाएको छ । एमाले नेता रावलले प्रस्तुत गरेका देश टुक्राउन आन्तरिक तयारी भइरहेको छ भन्ने रिपोर्टलाई यसले प्रमाणित गरेको छ । मधेशमा आज (बुधबार) रावतको पक्षमा उत्रेको जनलहरले रावलको रिपोर्टलाई प्रमाणित गर्दैछ भन्न अब गाह्रो छैन ।

सीके राउतको आमसभामा उर्लिएको जनसागर

नेता रावलले यस्तो रिपोर्ट सार्वजनिक गर्दा मधेशी मोर्चाले रावलले बिना प्रमाणको रिपोर्ट बाहिर ल्याएको भन्दै उनलाई जेल हाल्नुपर्छ भनेका थिए । तर, आज तिनै मधेशी मोर्चाका नेताहरुले सीके रावतका समर्थकलाई देखेपछि थाहा पाउनेछन् कि देश टुक्राउने अभिव्यक्ति दिने व्यक्तिको पछाडि कति जनलहर छ भन्ने ।

केही दिनअघि नेता रावलले आफू पूर्व गृह र रक्षामन्त्री भइसककाले यस्तो गोप्य जानकारी आफूले प्राप्त गरेको बताएका थिए । रावलले प्रस्तुत गरेको रिपोर्टअनुसार नेपालमा हिंसात्मक संघर्ष सुरु गर्न अन्यत्र (भारत) सैन्य तालिम दिने काम भइरहेको छ ।

देश निकै अप्ठ्यारो स्थितिमा पुगेको र राष्ट्रियता एवम् राष्ट्रिय एकतामाथि आँच आउने प्रकारका क्रियाकलाप भएका छन् । नेता रावलले केही कागजका पानाहरू निकालेर देखाउँदै आगामी अप्रिल (चैत्र–वैशाख) देखि नेपालमा सशस्त्र युद्ध गर्ने र देशलाई विभाजन गर्ने भइरहेको बताएका थिए ।

उनको रिपोर्टअनुसार संविधान संशोधन भएपनि देश टुक्राउने क्रियाकलाप रोक्ने देखिँदैन । यो परिस्थितीमा चुनौतीको सामना गर्न सबै राजनीतिक दलहरू एकताबद्ध हुनुपर्ने आवश्यकता समेत औंल्याएका थिए । देश टुक्र्याउन आन्तरिक तयारी गरिरहेका व्यक्तिका पछाडिको यो जनलहरलाई मध्यनजर गर्दै दलहरुले एक जुट हुनुको विकल्प छैन ।

रावलको रिपोर्टअनुसार संविधान संशोधन गरेर मात्र यो समस्या समाधान नहुने देखिएको छ । यस्तो अवस्थामा देश टुक्र्याउने अभिव्यक्ति दिने विखण्डनकारी डा. सिके रावतलाई पक्राउ गरेर कार्वाही गर्नुपर्छ । दलहरु एकजुट भएर समस्या समाधान गर्न अत्यावश्यक छ ।

यो पनि पढ्नुस्ः

राष्ट्रपतिकै अगाडि भीम रावलले देखाए मधेस निल्ने भारतको डरलाग्दो रिपोर्ट, शीर्ष नेता स्तब्ध

प्रहरीलाई यसरी झुक्याए सीके राउतले, ‘फ्रि मधेस’ नारामा उर्लियो जनसागर