प्युठान, ५ माघ । प्युठानमा एक महिला मृत फेला परेकी छन् ।
प्युठानको हंसपुर–९ केवरापानी डुम्रे निबासी बर्ष ३३ कि गँगीसरा रेश्मी आफ्नै घरमा मृत भेटिएकी हुन् । मंगलबार सांझ घर मै उनी मृत फेला परेपछी घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
अस्थायी प्रहरी पोष्ट ढुङ्गेगढीका अनुसार मृतकको पछाडिको भाग र अनुहारभरी गहिरो चोट लागेकाले र दाहिने आँखा फुटेको देखिएकाले उनको हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।
हत्याको आशंकामा मृतकका शृमान ३८ बर्षिया निम बहादुर रेश्मीलाई प्रहरीले पक्राउ गरेको छ । मृतकका माइती पक्षले समेत आफ्नी छोरीको हत्या निजकै पतिले गरेको भनी दाबी गरेपछी थप अनुसन्धानका लागि भन्दै प्रहरीले उनलाइ जिल्ला प्रहरी कार्यालयमा चलान गरेको हो ।
उनले यहि माघ २ गते आफ्नी पत्नीलाई निर्घात कुट्पिट गरि घाइते बनाएको समेत बुझिएको छ । मृतकको शबलाइ पोष्ट्माट्मका लागि जिल्ला अस्पताल बिजुवार पठाइएको अस्थायी प्रहरी पोष्ट बड्डडाडांका प्रहरी सहायक निरिक्षक कमल ओलीले जानकारी दिए । मृतकका दुइभाइ छोरा र एक छोरी छन् ।













प्रतिक्रिया