१९ कार्तिक २०८३, बिहिबार

रेडपाण्डाको छाला सहित दुई जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ५ माघ । दुर्लभ तथा संरक्षित रेडपाण्डाको छाला सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) को टोलीले काठमाण्डौ महानगरपाकिला–१९ प्याफल बस्ने ६२ वर्षीा गंगादेवी श्रेष्ठ र रामेछाप रसनालु–४ का २५ वर्षीय गोपाल सुनुवारलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट एक थान रेडपाण्डाको छाला बरामद गरिएको छ ।
प्रहरीले गोप्य सूचनाका आधारमा उनीहरुलाई मंगलबार पक्राउ गरेको हो । उनीहरु दुवैलाई जिल्ला वन कार्यालय पठाएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।