कतार । ‘प्रवासमा नेपाली कलाकारहरु एक हौऔ, नेपाली कला, संस्कृति र प्रतिभाको सम्मान तथा प्रबर्द्धन गरौ’ भन्ने मूल नाराका साथ बसन्त फिल्मसले नेपाली कलाकारहरूलाई सम्मान गरेको छ ।
नेपाल तामाङ कलाकार संघ कतारले आयोजना गरेको साँगितिक कार्यक्रमका लागि कतार आएका कलाकारहरूलाई फिल्मसले एक कार्यक्रमका बीच सम्मान गरेको हो ।
कतारको मुग्लिनामा अवस्थित वेलकम डाईन रेस्टुरेन्टमा आयोजित कार्यक्रममा गायक मनोज लोप्चन, दीपा लामा, डान्सर एन्जिला वाईबा तामाङ, अमिर दोङ तामाङ, गायक आशुसेन लामा, गायिका तारा लिम्बू सम्मानित भएका हुन् ।
















प्रतिक्रिया