३१ आश्विन २०८३, शनिबार

रोल्पामा सेना परिचालन गर्न उपराष्ट्रपतिको प्रस्ताव, प्रधानसेनापतिले के जवाफ दिए ?

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोल्पा, ४ माघ । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई रोल्पामा सेना परिचालन गर्न आग्रह गरेका छन् ।

रोल्पामा मिझिङ– रुइनिवाङ्ग– गुम्चाल– स्यूरी– हारजङ– गाम सडकको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले रोल्पाका सडक निर्माण तथा ट्रयाक खोल्नका लागि सेना खटाउन प्रधानसेनापतिलाई आग्रह गरेको जानकारी दिए ।

सडक उद्घाटनको क्रममा आइतबार बडौचारमा आयोजना गरिएको समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले भने– ‘मैले प्रधानसेनापतिलाई सामरिक महत्वको सुलीचौर– थवाङसहिद मार्ग निर्माणको क्रममा सबैभन्दा जटिल मानिएको सिरक्याङ भीर फोर्न आग्रह गरेको छु । उहाँले सेना परिचालन गर्ने बचन दिनुभएको छ ।’ भीरमा सडक निर्माण भएपछि थवाङसँग काठमाडौँ जोडिनेछ ।

उनले जटिल मानिएका स्थानमा सेना परिचालन हुने जानकारी आफूले पाएको र चाँडै सकारात्मक परिणाम आउने विश्वास व्यक्त गरे । उपराष्ट्रपति पुनले निर्माण सम्पन्न भएका सडकको स्तरोन्नती गर्न समेत आफूले सरकारको ध्यानाकर्षण गराएको बताए ।