
काठमाडौं, ४ माघ । महानगरीय प्रहरी परिसर ललितपुरले मोटरसाइकल चोरीमा संलग्न एक जनालाई पक्राउ गरेको छ । प्रहरीले दोलखा काटकुटी घर भई हाल ललितपुर १३ कुुसुन्ती बस्ने २३ वर्षीय सञ्जय लामालाई मोटरसाइकल सहित पक्राउ गरेको हो ।
लामाले ललितपुर उपमहानगरपालिका वडा नम्बर २० बस्ने ३२ वर्षीय सदन शाहीको साइन मोटरसाइकल चोरेको प्रहरीले जनाएको छ । लामालाई पक्राउ गरेर म्याद थप समेत भई अनुसन्धान कार्य अगाडि बढेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया