
काठमाडौं, ४ माघ । प्रधान सेनापति महारथी राजेन्द्र क्षत्रीले पश्चिम पृतना हेडक्वाटर अन्तर्गतका विभिन्न युनिटहरुको निरीक्षण भ्रमण गरेका छन् । सोही क्रममा उनले आज (मंगलबार) पर्वतस्थित रणदल गुल्मको निरीक्षण भ्रमण गरेका छन् ।
उनले गुल्मको निरीक्षण भ्रमणको क्रममा स्थलगत बस्तुस्थिति बिवरण, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी लिएका छन् । सकलदर्जालाई सम्बोधन गर्दै उनले उच्च मनोबलका साथ निःस्वार्थ भावना लिएर कार्य गर्न निर्देशन समेत दिए । प्रधान सेनापति क्षत्री निरीक्षण भ्रमण सकेर काठमाडौं फिर्ता भइसकेका छन् ।












प्रतिक्रिया