काठमाडौं, ३ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भारतीय हस्तक्षेप रोक्ने उपायहरु सार्वजनिक गरेको छ ।
नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले एमाले अध्यक्ष ओलीसँग भारतीय हस्तक्षेप रोक्ने समाधान के छ भनी प्रश्न गरेपछि एमालेले जवाफ फर्काएको हो ।
नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले भारतीय हस्तक्षेप रोक्न सबैभन्दा पनि आफू कुन दिशातिर उभिने भन्ने कुरा निक्र्योल गर्ने बताए ।
‘हाम्रो देशमा नाकाबन्दी नहटाउँदासम्म भारतको भ्रमण गर्दैन भनेर अडान लिने प्रधानमन्त्री पनि छन्’ उनले दैनिक नेपालसंग भने–‘प्रधानमन्त्री हुने वित्तिकै हतारमा झुक्न जाने प्रधानमन्त्री पनि हाम्रै देशमा छन । यस्तो अवस्थामा त भारतले हामीमाथि खेल्ने मौका पाउँछ ।’
भारतीय रोक्न के के गर्नुभन्दा पनि सबैभन्दा पहिले नेताहरुमा आफू बाह्य हस्तक्षेप विरुद्ध छु भन्ने आत्मविश्वास हुनुपर्ने ज्ञवालीको भनाई छ । कसैले औंला छिराउने ठाउँ नहोस् भन्नका लागि त सर्बप्रथम आत्मविश्वासका साथ राष्ट्रियताको पक्षमा एकमत हुनुपर्नेमा उनले जोड दिए ।
‘बाह्य हस्तक्षेप रोक्न कुटनीतिक पहल, शक्ति एकतालगायतका कुराहरु छ दोस्रो पक्ष हुन्छ,’ उनले भने । अहिलेको राजनीतिक विचलनले देशमा बढ्दै गएको भारतीय हस्तक्षेप रोक्न नसकिने एमालेको निष्कर्ष छ ।
यसअघि बाबुरामले भारतमाथिको परनिर्भरतालाई अन्त्य गर्न सिन्को नभाँच्ने र कुनै कार्यक्रम पनि नल्याउने तर विरोध मात्रै गर्ने काम ओलीले गरिरहेको आरोप लगाएका थिए ।
यो पनि पढ्नुस्ः















प्रतिक्रिया