३१ आश्विन २०८३, शनिबार

राष्ट्रपतिको छोरीको विहेमा जब चित्रबहादुर केसी र गोकर्ण विष्ट पैदल हिंडेर शीतलनिवास पुगे…

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ माघ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसी र नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री गोकर्ण विष्ट पैदल हिडेर शीतल निवास पुगेका छन् ।

दुबै जना पूर्वमन्त्री हुन् अर्थात भीआईपी । आइतबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुमको विवाहको निम्तो मान्न यी दुबै भीआईपी पैदल हिडेर शीलत निवास जाँदा सुरक्षाकर्मीबाट समेत दुःख पाए ।

विहे समारोहमा भीआईपी र भीभीआईपीहरु तामझामका साथ महंगा महंगा गाडीमा गइरहेका बेला केसी र बिष्ट पैदल हिडेरै विवाह समारोहमा सहभागी भएका हुन् ।

दुबै जना एक पछि अर्को गर्दै एक्ला एक्लै शीतल निवास पुगेका थिए । सुरक्षाकर्मीले दुबै जनालाई चेकजाँच गर्दै भित्र पठाएको थियो ।

राष्ट्रपतिकी छोरी निशाकुसुमको विहे पूर्व राष्ट्रपति रामवरण यादवका नाती अभिशेष यादवबीच भएको छ । विहे समारोहमा पूर्वराजा ज्ञानेन्द्र शाह टोयटा गाडी चढेर शीतल निवास छिरेका थिए ।