१९ कार्तिक २०८३, बिहिबार

रूखबाट लडेर मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, ३ माघ । इलामको सिद्धिथुम्कामा रूखबाट लडेर एक वृद्धको मृत्यु भएको छ । घाँस काट्न रूख चढेका सिद्धिथुम्का–७ का ६५ वर्षीय गोपीकृष्ण खनालको लडेर ज्यान गएको हो ।

उनको शरीरका विभिन्न हाडजोर्नी भाँचिएका थिए । रूखबाट लडेर गम्भीर घाइते हुनुभएका खनालको गएराति उपचारका लागि विर्तामोडतर्फ लैजाने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिनुभयो । रासस