१९ कार्तिक २०८३, बिहिबार

रेडपाण्डाको छाला सहित दुई जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत रेडपाण्डा (हाब्रे) को छाला सहित दुई जना काठमाण्डौंको गोकर्णेश्वरबाट पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान व्युरो (सिविआई)को टोलीले रेडपाण्डाको छाला सहित ओखलढुंगा बलखु –२ का २९ वर्षीय प्रितम तामाङ र सिन्धुली तामाजोर–९ का २५ वर्षीय डेनी भन्ने सम्भव वाइवालाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा खटिएको सिविआईको टोलीले उनीहरुबाट रेडपाण्डाको दुई थान छाला बरामद गरेको छ ।

उनीहरुलाई थप अनुसन्धान एवं आवश्यक कानूनी कारवाहीको लागि जिल्ला वन कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ । रेडपाण्डाको चोरी सिकारीमा संलग्नलाई ४० हजार देखि ७५ हजार रुपैयाँसम्म जरिवाना वा एक बर्षदेखि दश बर्षसम्म कैद वा दुबै सजाय हुने व्यवस्था गरिएको छ ।

औंत जस्तै देखिने छाला पनि बरामद

ब्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाण्डौको जडीबुटी नरेफाँटबाट संरक्षित वन्यजन्तु ओंत जस्तो देखिने एक थान छाला एक जनालाई पक्राउ गरेको छ । टोलीले रामेछाप करजोर नगरपालिका वडा नं. ५ का ३९ वर्षीय चन्द्रबहादुर रोकालाई पक्राउ गरेको छ ।