
भक्तपुर, २ माघ । भक्तपुरमा एक महिलाको अत्याधिक मदिरासेवन गर्दा ज्यान गएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुर्यविनायक नगरपालिका–४ आदर्शचोक डेरा गरी बस्ने रामेछाप घर भएकी ३३ बर्षीया रेणुका तामाङको मादक पदार्थ सेवनबाट मृत्यु भएको हो ।
उनलाई आइतबार डेरा कोठामा अत्याधिक मादक पदार्थ सेवन गरी असक्त भएको अवस्थामा उनका श्रीमानले उपचारको लागि मध्यपुर ठिमी अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया