– सन्तोष यादब
सिरहा, १ माघ । सिरहाको लहान नगरपालिकाको १० औं नगरपरिषद्बाट शुक्रवार विवादै विवादका बाबजुद पनि नीति, कार्यक्रम तथा बजेट पारित गरियो । परिषदका प्रमुख अतिथि सिरहा क्षेत्र नम्बर १ का साँसद पद्मनारायण चौधरीलाई बोलाउने सोच राखेका थिए लहान नगरपालिकाले । तर काँग्रेस बाहेकका अन्य दलले विवाद गरेपछि उनलाई पनि प्रमुख अतिथि बनाउन सकेन् । पछि प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठलाई प्रमुख अतिथिका लागि आमन्त्रण गरेका थिए । तर उहाँ विदामा घर गएकोले जिल्ला प्रशासन कार्यालय सिरहाका कार्यवाहक प्रजिअ कमलदेव यादबलाई नियमन्त्रण गर्यो । उहाँ आउन त परिषदमा आउनुभयो तर मन्तव्य राखेर हिडिसकेपछि उपस्थिति अतिथिहरु किन जनताको कुरा नै नसुनेर हिड्यो भनेर हल्ला गर्यो ।
यदि कार्यक्रममा जनताको गुनासो सुन्नु नै थिएन् भने किन आयो भन्ने प्रश्न गरेका थिए उपस्थिति नगरबासीले । जसका कारण केहिबेर कार्यक्रम लथालिङ जस्तै भयो । होहल्ला भयो । पछि आयोजकले क्षमा मागे र अवस्था साम्य भयो । नगरपालिकाका कार्यकारी नगर प्रमुख शत्रुधन चौधरीले आगामी आर्थिक बर्षका लागि कूल २९ करोड करोड ४१ लख ३३ हजार ५ सय अनुमानित आय/व्यय प्रस्तुत गरे । उक्त नीति तथा कार्यक्रममा सडक निर्माणलाई मात्र प्राथमिकता दिइएको पाइयो । नगर विकासका लागि खासै योजना चयन गर्न नसकेकोमा नगरका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले विरोध गर्यो ।
लहान नगरपालिकाका निमित्त कार्यालय प्रमुख तथा इन्जिनियर शत्रुधन चौधरीले हामीले स्रोत साधन जुटाउन नसकेका सबै योजनाहरु नेपाल सरकारको बजेट प्रणालीमा आवद्ध हुनेगरी नगर विकास योजनामा समावेश गरी केन्द्रिय निकायहरुमा प्रशित गरिने जानकारी गराए । उनले नगरपालिकामा विभिन्न कामका लागि आउने सेवाग्राहीले काममा ढिलासुस्ती भएको गुनासो गरिरहेका कारण काम सहज र सजिलो पार्न उत्कृष्ट काम गर्ने एक कर्मचारीलाई बर्षेनी १० हजार १५१ रुपैया नगदसहित सम्मान गरिने प्रतिवद्धता जनाए ।
उनले खुल्ला दिशामुक्त नगर घोषणा गर्नका लागि अभियान चलाउने पनि जनाए । उनले खेलकुद विकासका लागि नगर क्षेत्रभित्र एक सुविधासम्पन्न खेलकुद रंगशाला निर्माण गर्न आवश्यक भएकोले त्यसका लागि स्रोत जुटाउन पहल गरिने प्रतिवद्धता मात्र जनाए । तर बजेट भने नछुट्याएको खेलाडीहरुले गुनासो गरे ।
परिषदलाई सम्बोधन गर्दै वैद्य नेतृत्वका नेकपा माओवादीका नगर प्रतिनिधि उमेश साहले नगरपालिकाले दिदै आएको सेवा सुविधा जस्तै परिषद पनि लथालिङ पारेको भन्दै आक्रोस पोखे । उनले आर्थिक बर्ष २०७४–०७५ को बजेटमा नियन्त्रणका लागि पनि बजेट छुट्याउन नसकेको बताए । उनले भने– नगर क्षेत्रमा लामखुट्टैको आतंक छ । तर नियन्त्रण गर्ने पहल अझै हुन नसकेकोमा हामी चिन्तित छौं ।’
उनले प्रश्न गरे– बजेटको अभावमा औषधी छर्न नसकेको हो ? यदि हो भने यत्रो बजेट छुट्याउँदा लामखुट्टै नियन्त्रणका लागि किन बजेट छुट्याएन ?’ उनले सरसफाईमा लाखौं लाख असुली गर्छन् तर सरसफाई कहिँ गर्न नसेको भन्दै सरसफाईको नाममा असुली भइरहेको रकम कहाँ गइरहेको भन्ने प्रश्न समेत गरे ।
विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले बोल्ने क्रममा यस्तै यस्तै गुनासो गरे । अधिकांशको भनाई थियो–कार्यालयमा हाकिम छैन् । यहाँ जनताका कुनै काम हुँदैन् । यसका लागि कसले सोच्ने ? नगरपालिकामा ब्रह्मलुट मच्चाइरहेका छन् यहाँ भएका कर्मचारीहरु । तर हामी आवाज उठाउदा कसैले सुन्दैन् ।
सरसफाईको कर तिरिरहेपनि जनताले सरसफाईको महसुस गर्न सकेका छैन् । ढल नाला समेत सफा गर्न सक्दैन् । नक्सा पास गराउन पनि समस्या भइरहेको नगर प्रतिनिधिहरुले गुनासो गरेका छन् । नगरभित्र देखिएको समस्या अविलम्ब पुरा हुनुपर्छ होइन् भने हामी नगरपालिकामा तालाबन्दी गर्ने समेत नगर प्रतिनिधिहरुले चेतावनी दिएका छन् ।
जनताकै काम हुँदैन् भने नगरपालिका किन चाहियो ? वडा कार्यालय छैन् तर वडाका लागि मोटरसाइकल किन चाहियो ? कर्मचारीलाई मोजमस्ती र घर आउजाउ गर्न मोटरसाइकल दिने निर्णय भयो भने हामी आन्दोलन गर्न पनि नगरका राजनीतिक दलका प्रतिनिधिहरुको चेतावनी छ । उनीहरुले वडा कार्यालयका लागि कुनै पनि हालतमा मोटरसाइकल खरिद गर्न नसके बताएका छन् ।













प्रतिक्रिया