३१ आश्विन २०८३, शनिबार

सरकारलाई अर्को धक्काः प्रचण्डको प्रस्ताव कमल थापा र विजय गच्छदारद्धारा अस्वीकार

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा सहभागी हुन गरेको प्रस्तावलाई राष्ट्रिय प्रजातन्त्र पार्टी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले अस्वीकार गरेको छ ।

संविधान संशोधन विधेयकका पक्षमा मतदान गर्नुपर्ने शर्तसहित प्रधानमन्त्री प्रचण्डले केही दिनअगाडि राप्रपा अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई उपप्रधानसहित दुई मन्त्रालय लिएर सरकारमा आउन आग्रह गरेका थिए ।

तर, राप्रपा र फोरम लोकतान्त्रिकले यथास्थितीमा सरकारमा नजाने जवाफ फर्काएको स्रोतले बतायो । बालुवाटार स्रोतका अनुसार थापा र गच्छदारले संसदमा पेस भएको संविधान संशोधन विधेयकमा आ-आफ्ना पार्टीले उठाएका मुद्दा समावेश नभएसम्म सरकारमा सहभागिता नजनाउने जवाफ दिएपछि प्रचण्ड अप्ठेरोमा परेका छन् ।

संविधानमा राप्रपाले हिन्दू राष्ट्र र फोरम लोकतान्त्रिकले थरुहट प्रदेश माग्दै आएको छ । जून माग पुरा हुन अहिले सम्भव छैन् ।

प्रधानमन्त्री प्रचण्डले संसदमा पेश भएको संविधान संशोधन विधेयक पास गराउनकै लागि गच्छदार र थापालाई सरकारमा ल्याउने कसरत गरेपनि पहिलो चरणमा त्यो सफल हुन सकेन् । संसदमा राप्रपासँग ३७ सीट छ भने फोरम लोकतान्त्रिकसँग १४ सीट छ ।

प्रधानमन्त्रीले माओवादी केन्द्रले सम्हालेका सञ्चार र स्थानीय विकास मन्त्रालय फोरम लोकतान्त्रिकलाई र राप्रपालाई परराष्ट्र मन्त्रालयसहित अन्य दुई मन्त्रालय दिने तयारी गरेका थिए ।

यो पनि पढ्नुस्ः

कमल थापा र विजय गच्छदारलाई उपप्रधानमन्त्री बन्न प्रचण्डको प्रस्ताव