३१ आश्विन २०८३, शनिबार

‘कुमार घैंटे’का सहयोगी नरदेवी अस्पतालको अध्यक्षमा नियुक्त

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ माघ । स्वास्थ्य मन्त्रालयले प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा नाइके कुमार घैंटका सहयोगी खेम तिवारीलाई नरदेवी आयुर्वेद अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेको छ ।

घैंटेका विश्वापात्रका रुपमा चिनिदै आएका तिवारी कांग्रेसभित्र विवादास्पद पृष्ठभूमि बनाएका व्यक्तिका रुपमा चिनिन्छन् ।

स्वास्थय मन्त्रालयद्वारा विकास समितिको अध्यक्षमा नियुक्ति पाएका तिवारीले दलबलसहित काठमाडौंको नरदेवीमा रहेको सो अस्पतालमा पुगेर पदभार ग्रहण समेत गरेका छन् । तिवारीलाई अस्पतालका निमित्त प्रमुख रामदेव यादवले फूलमालाले स्वागत गरेका थिए ।

सरस्वती क्याम्पसका गुन्डा नाईके घैंटेका मुख्य सहयोगी सन्देश अधीकारीले तिवारीलाई विकास समितिको अध्यक्ष सम्म पुग्ने बाटो देखाइ दिएका थिए ।

सरस्वती क्याम्पस र ठमेल क्षेत्रमा कुमार घैंटेको आडमा व्यापारीसँग रकम असुलेर तिवारीले हैरान बनाएको उजुरी प्रहरीसम्म पुगेको थियो ।