३१ आश्विन २०८३, शनिबार

एमाले मोरङको अध्यक्षमा ढकाल निर्वाचित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


विराटनगर, २९ पुस । नेकपा (एमाले) मोरङको आठौँ जिल्ला अधिवेशनले अध्यक्ष पदमा विनोद ढकाललाई निर्वाचित गरेको छ ।

गएराति सार्वजनिक गरिएकोे मत परिणामअनुसार ढकालले आफ्ना प्रतिद्वन्द्वी महेश रेग्मीलाई २०६ मतको अन्तरले पराजित गर्नुभएको हो । कूल ८८३ मत खसेकामा ढकालले ५४० मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिद्वन्द्वी रेग्मीले ३३४ मत प्राप्त गर्नुभएको हो ।

त्यसैगरी, ढकालकै समूहबाट उपाध्यक्ष पदमा रामलाल साह ४६९, सचिवमा ऋषिकेश पोखरेल ५०४ र उपसचिवमा धना तामाङ ४५६ मत प्राप्त गरी विजयी हुनुभएको छ । रासस