लण्डन । नेपालमा मूल राजनीतिक पार्टीलगायत नेपाल सरकारले पनि पृथ्वीजयन्ति तथा राष्ट्रिय एकता दिवस, लण्डनमा भने उत्साहपूर्वक मनाइएको छ ।
नेपाल नरहे, नेपाली रहन्न भन्ने मन्त्रणालार्इ आत्मसात गर्दै सोही नेपाललार्इ एक स्वतन्त्र र ठूलो आकारको नेपाल बनाउने राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९५औं जन्मजयन्तिलार्इ योपालि पनि सधैंजस्तो गर्वका साथ संयुक्त राष्ट्रवादी नेपाली संगठनले मनाएको छ ।
कार्यक्रमको शुरूमा नेपालको राष्ट्रिय गीत बजाइएको थियो । जुनबेला कोशेली समूहले प्रत्यक्ष रूपमा मंगल धुन बजाएका थिए र त्यसपछि राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण उपस्थित सबैबाट गरिएको थियो ।
समाजसेवी डा. राघवप्रसाद धिताल (ओवीर्इ) प्रमुख अतिथि रहेको कार्यक्रमलार्इ संगठनका अध्यक्ष भरत रोक्का क्षेत्रीले सभापतित्व गरेका थिए । लण्डनको सडवरीस्थित हिमालयज क्लवमा सम्पन्न भएको सो कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूलगायत लेखक, पत्रकार, कविहरूले आआफ्ना मन्तव्यहरू राखेका थिए ।
गैरआवासीय नेपाली संघको युरोप संयोजक कूल आचार्यले पृथ्वी नारायण शाहबाट एकीकृत भएको स्वतन्त्र राष्ट्र नोपलको एक पटकको नागरिक सधैंको नागरिक भन्ने माग विशेष गरी राख्ने हाामी गैरआवासीय नेपाली संगठनले स्वदेशको विकासको लागि संयुक्त रूपमा लगानी गरी धेरै कामहरू गर्दै गरेको जनाउँदै शाहको विशेष कदरसहितको सम्झना गरेका थिए ।
कृष्ण भट्टले पृथ्वीनारायण शाहसम्वन्धी विशेषगरी आफ्नो मन्तव्यमा कविता सुनाएका थिए । त्यस्तै पत्रकार तथा कवि नृपेश उप्रेतीले मुक्तकहरू सुनाउँदै पृध्वीनारायण शाहको योगदानको चर्चा गरेका थिए ।
नेपालबाट भ्रमणको क्रममा आएका प्रो.सुरेज्द्र पौडेलले भावानात्मक रूपमा नेपालको एैतिहासिक परिवेशको सम्झना गर्दै वर्तमान अवस्थामा राजनीतिक परिवर्तनपश्चात् देशमा आएको अराजकताको चर्चा गर्दै नेपालमा इतिहास मेट्ने कोशिस असक्षम नेताहरूबाट गराइएको भन्ने आरोप लगाएका थिए ।
पृथ्वीनारायण शाहको तत्कालीन परिवेशको अप्ठ्यारा अवस्थाको कुरा गर्दै राष्ट्रको विशालतालार्इ बनाउनका लागि सो बेला भए वा गरिएका कार्यहरू सो बेलाको उत्कृष्ठ कार्य भएको जीकिर गरेका थिए र शाहको योगदानलार्इ भुल्नु भनेको आफ्नो पुर्खालार्इ भुल्नु हो भनेका थिए । आफ्नो मन्तव्यको क्रममा ‘।जसले पृथ्वीनारायण शाहलार्इ बिर्सन्छ, त्यसले आफ्नो जन्म दिने बाबुलार्इ बिर्सन्छ‘। भनेका थिए ।
नारायण अधिकारीले सञ्चालन गरेको सो कार्यक्रममा बोल्दै लेखक शिवजी श्रेष्ठले शाहको योगदानको गर्वपूर्वक सम्झना गर्दै वर्तमान हालातमा आएको पृथ्वी जन्मजयन्तिसम्वन्धी असमझदारीबारे बोल्दै पृथ्वीनारायण शाहदेवको योगदानको चर्चा गर्नको लागि सन् १८औं शताब्दीताका समय तथा परिवेशको सम्झना गर्नुपर्दछ भन्ने धारणा व्यक्त गरे ।
क्षेत्री समाजका भूपू अध्यक्ष भीम बानियाले जुनसुकै मुलुक, जस्तै सम्पन्न हालातमा बसे तापनि नेपाली, नेपाली मूलका नै भनेर जानिन्छन् । एक अकाट्य सत्य बनेर बसेको नेपालीको स्थायी परिचयको धरोधर भनेका पृथ्वीनारायण शाह हुन्, हामीले उनको योगदानलार्इ कहिल्यै भुल्नुहुँदैन भनेका थिए ।
बेलायतस्थित नेपाली दूतावासले संयुक्त राष्ट्रवादी नेपाली संगठनको अनुरोधलार्इ स्वीकार गरेको थिए । नेपालको राष्ट्र निर्माता मानिएका, पृथ्वीनारायण शाह जसको अथक प्रयासले बार्इसे चौवीसे राज्यबाट एक स्वाधीन राष्ट्र बनाए, उनै व्यक्तित्वको जन्मजयन्ति मनाउन राखिएको कार्यक्रममा उपस्थिति नदिने दूतावास वा राजदूत भने बेलायतको अधिकांश जातजातिलगायत क्षेत्रीय, राजनैतिक पार्टीगत, तथा टोले कार्यक्रमहरूमा गरिमापूर्वक दूतावासको प्रतिनिधित्व गर्ने गरेको उपस्थितहरू आश्चर्यजनक भएकोबारे चर्चा गर्दै थिए ।
कार्यक्रममा विकलचन्द्र आचार्य, चिरन्जिवी ढकाल, विष्णुबहादुर शाही, ध्रुव के.सी.आदिले मन्तव्य राखेका थिए ।
प्रमुख अतिथि डा. राघवप्रसाद धितालले विस्तृतमा पृथ्वीनारायण शाह, तत्कालीन स्थिति, राजनीतिक अवस्था आदिको चर्चा गरेका थिए ।
अन्त्यमा सबैलार्इ धन्यावाद दिर्इ नेपाल रहे, नेपाली रहन्छ भन्दै पृथ्वीनारायण शाहको जन्म जयन्ती आफ्नो संगठनले बेलायतबासी लगभग डेढलाख नेपालीहरूको प्रतिनिधित्व गर्दै संधै मनाउने भन्दै सो कार्यक्रमको विसर्जन गरेका थिए ।















प्रतिक्रिया