३१ आश्विन २०८३, शनिबार

‘डन’ दीपक मनाङ्गे राप्रपामा प्रवेश, कमल थापाले यसरी स्वागत गरे

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ पुस । कुनैबेला उपत्यकाको गुण्डागर्दीमा सक्रिय रहेका ‘गुन्डा नाइके’ दीपक मनाङ्गे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् ।

राजधानीको नयाँ बजारस्थित एक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा राप्रपाका अध्यक्ष कमल थापाले उनलाई पार्टी प्रवेश गराएका हुन् ।

मनाङ्गे अहिले भने सक्रिय गुण्डागर्दीमा नभई गोप्यरुपमा लागेको प्रहरीको भनाई छ । गुण्डागर्दीको माध्यमबाट पटक–पटक जेल परेका उनी पछिल्लो समय गएको असारमा पनि पक्राउ परेका थिए । व्यवसायीलाई धम्क्याएर रकम असुलेको अभियोगमा उनी ६० दिनसम्म प्रहरी हिरासतमा रहेका थिए ।

उनीमाथि अकुत सम्पत्ति कमाएको समेत आरोप छ । १४ करोड ७३ लाख रुपैयाँको स्रोत देखाउन नसकेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीमाथि विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनको त्यो मुद्दा बिचाराधीन छन् ।