१९ कार्तिक २०८३, बिहिबार

गुल्मीमा दुई वेवारिसे शव फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अनिल खत्री

गुल्मी पुस २८ । गुल्मीमा २ वटा वेवारिसे शव फेला परेका छन् । जिल्लाको रुरु गाविस ५ मा एक अन्दाजी ४५ बर्षकी एक महिलाको शव वेवारिसे अवस्थामा भेटिएको इलाका प्रहरी कार्यलय रिडीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय रिडीका प्रमुख प्रहरी निरिक्षक केशवराज भट्टराईका अनुसार अन्दाजी ४५ बर्षिय महिलाको शव कालीगण्डकी नदीको पानीमा तैरिएको अवस्थामा प्रहरीले फेला परेको बताए । उक्त शव अहिले जिल्ला अस्पताल तम्घासमा राखिएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यलय गुल्मीका अनुसार बुधवार दिउँसो तम्घास सिमलटारी सडक खण्डको अर्खलेमा घाइते अवस्थामा भेटिएका अन्दाजी २० बर्षिय एक युवाको पनि निधन भएको छ ।

घाइते अवस्थामा भेटिएका युवाको जिल्ला अस्पताल तम्घासमा उपचार सम्भव नभएर प्रहरीको गाडीमा पाल्पा पठाइएका उनको बिहीवार निधन भएको प्रहरीले जनाएको छ । जिल्लामा २÷२ वटा वेवारिसे शव रहेका छन जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालका अनुसार पहिचाहनको लागी सवैतिर खवर गरिएको बताए ।