वाशिंगटन डीसी । पोखरामा संचालन हुने आहा रारा गोल्ड कप खेल्न नेपाल जाने अमेरिकन भकुण्डो टोलि जनवरी १२ तारिख नेपाल उड्ने पक्का भएको छ ।
डीसी महानगर क्षेत्रको भर्जिनियामा आयोजित खेलाडीहरुलाई बिदाइ तथा शुभकामना कार्यक्रममा उक्त कुराको जानकारी दिइएको छ ।
अमेरिकाको फिला डेल्फियाबाट अधिकांस खेलाडीहरु नेपाल जाने जाने तय भएको छ । बिदाइ तथा शुभकामना कार्यक्रममा अन्तिम समयमा आएर टिकट लिईएको जानकारी दिइएको छ ।
गत दिसम्बर १९ तारीख १८ जना खेलाड़ी तथा ६ जना आरक्षित खेलाड़ीहरु सहित नेपाल जाने सूची तयार गरिएको थियो । आगामी जनवरी १७ तारिखदेखि २८ तारिखसम्म पोखरामा आयोजना हुने अन्तर्राष्ट्रिय स्तरको आहा गोल्ड कप प्रतियोगिताको लागि उत्कृष्ट खेलाड़ीको छनौट घोषणा गरेको थियो ।
कार्यक्रममा एएनए नेपाल अमेरिकन फुटबल टोलिका संयोजक चन्द्र लामाले आफूहरूले जित्ने दाबी गरे ।
















प्रतिक्रिया