अमेरिका । क्यालिफोर्निया राज्यका स्टेट ट्रेजरर तथा सन् २०१८ को लागि हुने गभर्नरपदमा उठ्न लागेका जोन चियांगले नेपाली समुदाय सदस्यहरुसंग २२ जनवरी २०१७ मा भेटघाट कार्यक्रम गर्ने भएका छन् ।
साउदर्न क्यालिफोर्नियामा बढ्दो नेपालीको सङ्ख्या सँगै अमेरिकी मुलधारको राजनीतिमा बिस्तारै चासो बढ्दै जान थालेको आर्टेसिया राज्यको सिटि प्लानरमा भक्त थापा नियुक्त हुनु र अन्य व्यक्तिको समेत यस क्षेत्रमा चासो बढ्नुबाट प्रस्ट हुन्छ ।
कार्यक्रममा हुने नेपालीहरूको उपस्थितिबाट राज्यको स्टेट ट्रेजरर तथा गभर्नरका उम्मेदवार समेत रहेका चियांगलाई नेपाली भाषामा ड्राईभिंग परीक्षा दिने लगायतका सुविधाको बारेमा लबिंग गरिदिन अनुरोध गर्न सकिने देखिन्छ ।
नेपाल सरकारको तर्फबाट लस एन्जलस क्षेत्रका लागि पर्यटनदुत रामेश्वर भण्डारी यस प्रकारका भेटघाटबाट नेपाली समुदायका आवश्यकता र समस्याहरुका बारेमा सम्बन्धित निकायमा जानकारी गराउन सकिने हुँदा सबैलाई उपस्थित हुन अनुरोध गर्दछन् ।
जुलियोज पिज्जा–डेज इन होटेल छेउमा साँझको सातदेखि नौ बजेसम्म हुने उक्त भेटघाट कार्यक्रममा उपस्थितिको लागि यस क्षेत्रमा रहेका नेपाली समुदाय सदस्यलाई अनुरोध गरिएको छ ।
















प्रतिक्रिया