१९ कार्तिक २०८३, बिहिबार

राप्रपाले सम्झियो पृथ्वीनारायण शाहलाई, भृकुटीमण्डपमा चियापन कार्यक्रम

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसका अवसर पारेर आज काठमाडौंमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुने चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीका नेता तथा कार्यकर्तासम्मलाई निमन्त्रणा गरिएको सहप्रवक्ता किरण गिरीले जानकारी दिए । ‘प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्मलाई निमन्त्रणा वितरण गरेका छौँ’, उनले भने ।

चियापनमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई भने निम्तो दिइएको छैन । राप्रपाका अध्यक्ष कमल थापाले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहाललाई म आफैले भेटेर निम्तो दिएको हुँ । तर पूर्व राजा ज्ञानेन्द्र शाहलाई चियापानमा आउन निम्तो दिइएको छैन ।’

राप्रपाले चियापान कार्यक्रमका लागि राष्ट्रपतिलाई पनि निम्तो दिएको छ । तर राष्ट्रपतिको पदीय मर्यादाका कारण आफूहरूको चियापान कार्यक्रममा नआउने अध्यक्ष थापाले बताए ।

चियापान कार्यक्रम दिउँसो एक बजेदेखि अपरान्ह चार बजेसम्म चल्नेछ ।

पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक विदा नदिइएकोमा सरकारको चर्को आलोचना समेत भइरहेको छ ।