३१ आश्विन २०८३, शनिबार

पोखराका दीपकमान गुरुङको पोर्चुगलमा निधन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– भरत प्रधान

लिस्बन (पोर्चुगल), २६ पुस । बैदेशिक रोजागारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवाको हृदयघातका कारण निधन भएको छ ।

बेजाको ओढीमिरा स्थित साओ तेतोनियो भन्ने स्थानमा कृषि मजदुरका रुपमा कार्यरत पोखरा उपमहानगरपालिका १० अमरसिंह चोकका ३८ बर्षीय दीपकमान गुरुङको शुक्रवार राति मृत्यु भएको हो ।

यहाँ स्थित नेपालीद्धारा सञ्चालित कृषि कम्पनी भुपेन्द्र बस्नेत एल डी ए कम्पनीमा कार्यरत गुरुङ शुक्रबार दिउँसो आफ्नै कोठाको सोफामा बसिरहेका बेला एक्कासी बेहोस भएका थिए । बेहोस भई अचेत भएका गुरुङको उपचारका लागि तत्कालै अस्पताल लगिएको भएपनि अस्पतालले उनलाई मृत घोषणा गरेको सोही कम्पनीमा कार्यरत बासु सत्यालले जानकारी दिनुभयो ।

मृतक गुरुङको शव बेजा सेन्ट्रल अस्पतालको शव गृहमा राखिएको छ । उनको निधन भएको बिषयमा घरपरिवारलाई जानकारी गराईसकिएको बताइएको छ ।

आवश्यक कानुनी प्रकृया पूरा गरि जतिसक्दो छिटो शव स्वदेश पठाउन पहल गरिने कम्पनी सञ्चालक भुपेन्द्र बस्नेतले बताउनुभयो । बस्नेतका अनुसार एक बर्ष अगाडी पोर्चुगल आएका गुरुङ पछिल्लो तीन महिनादेखि उक्त कम्पनीमा काम गर्दै आएका थिए । मृतक गुरुङको बृद्ध बुवाआमा, श्रीमती र दुई छोरी छन् ।