३१ आश्विन २०८३, शनिबार

पोर्तुगलमा पोखराका गुरुङको हृदयघातबाट मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोर्चुगल । पोखरा उपमहानगरपालिका वडा नं १०, अमरसिंह चोक घर भै बिगत १ वर्षदेखि पोर्चुगलमा बसोबास गर्दै आएका ३८ वर्षीय दीपकमान गुरुङको शुक्रबार हृदयघातका कारण मृत्यु भएको छ ।

उनको ओदिमिरा, साओ तेतोनियोस्थित आफ्नै निवासमा भएको असामयिक मृत्यु भएको हो । गुरुङको निधनप्रति गैर आवासीय नेपाली संघ पोर्तुगलले दुःख तथा शोक व्यक्त गरेको छ ।

संघका अध्यक्ष भीम केसी ‘कमल’ले सामाजिक संजालमा लेखेका छन्, ‘असिम बेदना एवम् पीडाको घडीमा स्वर्गीय दीपकमान गुरुङको आत्माको चीर शान्तिको कामनासहित हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछौ । शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गर्दछौ ।’