१३ कार्तिक २०८३, शुक्रबार

‘गुन्डागर्दी’मा उत्रिए प्रधानमन्त्रीका कार्यकर्ता, राजधानीमा छुरा प्रहार

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस । स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन प्रचार प्रसारको विषयलाई लिएर राजधानीको पद्मकन्या क्याम्पसमा विद्यार्थी संगठनबीच झडप भएको छ ।

सोमबार भएको झडपमा दुवै पक्षले आफ्ना विद्यार्थी कुटिएको दाबी गरेका छन् । स्ववियु निर्वाचन प्रचार प्रसार र भित्तेलेखन विषयमा विवाद हुँदा झडप भएको हो । राजधानी दैनिकले समाचार छापेको छ ।

झडपमा नेविसंघले अनेरास्ववियु (क्रान्तिकारी) नेतृ सीता मिजारलगायतमाथि छुरा प्रहार गरेको आरोप लगाएको छ । उसले प्रहरी घटनामा रमिते बनेकोसमेत दाबी गरेको छ ।

तर, अखिल क्रान्तिकारीले भने घटनामा नेविसंघ विद्यार्थीले आफ्ना संगठनका विद्यार्थीमाथि आक्रमण गरेर घाइते बनाएको दाबी गरेको छ ।

अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले सोमबार विज्ञप्ति जारी गर्दै नेविसंघले आफ्ना विद्यार्थीमाथि सांघातिक आक्रमण गरेको दाबी गरेका छन् । नेविसंघ महामन्त्री साधना घिमिरे नेतृत्वमा आएको टोलीले अखिल क्रान्तिकारीका विद्यार्थी वसन्ता भण्डारी, गंगा दाहाल, दर्शना नेपालीलगायतमाथि आक्रमण गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेविसंघले भने अखिल क्रान्तिकारीका घाइते भनेर विज्ञप्तिमा भनिएकाले नै आफूहरूमाथि आक्रमण गरेको बताएको छ । घाइते नेविसंघ नेतृ सीता मिजारको बागबजारस्थित मोडल अस्पतालमा उपचार भइरहेको नेविसंघ केन्द्रीय सदस्य शैलेन्द्र गौडेलले राजधानीलाई बताए । क्रान्तिकारीका धेरैजना मिलेर मिजारमाथि आक्रमण गरेको उनको आरोप छ ।