१ कार्तिक २०८३, शनिबार

एनसेल सर्वोत्कृष्ट विज्ञापन करदाताबाट सम्मानित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फोटो क्याप्सनः संघीय मामिला तथा स्थानीय विकास मन्त्रि हितराज पाण्डेबाट कदर पत्र ग्रहण गर्दै एनसेलका सुरक्षा निर्देशक महेन्द्र भट्टचन (बायाँ)

काठमाडौं, २५ पुस । काठमाडौं महानगरपालिकाले देशकै अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेललाई गत आर्थिक वर्षमा सबैभन्दा बढी विज्ञापन कर बुझाए बापत सम्मान गरेको छ । काठमाडौं महानगरपालिका कार्यालयले एनसेललाई सोमबार सम्मान स्वरुप कदर पत्र प्रदान गरेको छ ।

काठमाडौं महानगरपालिकाको २९ औं महानगर परिषदबाट पारित बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण समारोहमा एनसेललाई सम्मान प्रदान गरिएको हो । समारोहमा प्रमुख अतिथि संघीय मामिला तथा स्थानीय विकास मन्त्रि हितराज पाण्डेले एनसेलका सुरक्षा निर्देशक महेन्द्र भट्टचनलाई कदर पत्र हस्तान्तरण गरेका थिए ।

कदर पत्रमा लेखिए अनुसार “काठमाडौं महानगरपालिका कार्यलयलाई आर्थिक वर्ष २०७२÷२०७३ मा विज्ञापन कर तर्फ सबैभन्दा बढि भुक्तानी गरी महानगर निर्माणमा अतुलनिय योगदान गरे बापत” एनसेललाई सम्मान गरिएको हो । महानगरपालिका कार्यालयका अनुसार, गत आर्थिक वर्ष २०७२/२०७३ मा कार्यलयले ४ करोड १७ लाख रुपैंया विज्ञापन कर संकलन गरेको थियो । कुल संकलित विज्ञापन करको १ तिहाई योगदान एनसेलले गरेको थियो ।

निजी क्षेत्रको पहिलो मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले विभिन्न समयमा सरकारबाट सर्वोत्कृष्ट करदाता, सर्वोत्कृष्ट आयकरदाता लगायतको सम्मान पाइसकेको छ । नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो जानकारी अनुसार १ करोड ४३ लाख नेपालीले एनसेलको सेवा लिएका छन् ।