३१ आश्विन २०८३, शनिबार

मधेसवादी दललाई काउन्टर दिँदै मधेसमा एमालेको ठूलो जनसभा (हेर्नुस् १० तस्वीर)

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी, २५ पुस । निषेधको राजनीति गरिरहेका मधेसवादी दललाई खुल्ला चुनौति दिँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तराईमा ठूलो आमसभा गरेको छ ।

मधेसी मोर्चाका ५–६ जना कार्यकर्ताले आइतबार साँझ बाजा बजाउँदै एमाले निषेधित क्षेत्र घोषणा गरेको मधेसी समुदाय बाहुल्य रहेको सुनसरीको हरिनगरामा एमालेले सोमबार दिउँसो विशाल जनसभा गरेको हो ।

केही दिनअघि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसबाट एमालेलाई बाजा बजाएर विदाई गर्ने घोषणा गरे । र, त्यहीअनुसार आइतबार साँझ मोर्चाका आधा दर्जन कार्यकर्ताले हरिनगरामा बाजा पनि बजाए र सो क्षेत्र एमाले निषेधित क्षेत्र भएको घोषणा पनि गरे ।

तर, भोलिपल्टै सोही ठाउँमा हजारौ मधेसी समुदायका बीच एमालेले विशाल सभा गर्यो र सभालाई सम्बोधन गर्न एमाले वरिष्ठ नेता माधवकुमार नेपाल आइपुगे । भारतीय सीमावर्ती क्षेत्रको सो ठाउँमा गाउँ गाउँबाट मधेसी जनता एमालेको जुलुशमा सहभागी भए । कार्यक्रममा उपस्थित भएका वरिष्ठ नेता नेपालले मैथिली भाषामा सम्बोधन गरेका थिए । सभामा एमाले वरिष्ठ नेता नेपालले मधेसबाट एमालेलाई लखेट्छु भन्नेहरुलाई नै मधेसी जनताले लखेट्छन् भनेपछि ताली वर्षिदै ठूलो हुटिङ भयो ।

सभालाई एमाले केन्द्रीय सदस्य जगदिश कुसियत, महफुज अन्सारी, तैयव अन्सारी लगायतले सम्बोधन गरेका थिए ।

हेर्नुस् १० तस्वीर: